निर्भयाका दोषीको अन्तिम इच्छा पूरा गर्नु नपर्ने
![निर्भयाका दोषीको अन्तिम इच्छा पूरा गर्नु नपर्ने](https://www.dcnepal.com/wp-content/uploads/2019/12/nirbhaya_1575568207_618x347.jpeg)
नयाँ दिल्ली। निर्भया काण्डका दोषीको अन्तिम इच्छा पूरा गर्नु नपर्ने भएको छ । जेल म्यानुअलका अनुसार मृत्युदण्ड पाएका दोषीहरुसँग फाँसीअघि अन्तिम इच्छा सोधिन्छ र त्यो इच्छा पूरा गरिन्छ । निर्भयाका दोषीहरुसँग पनि अन्तिम इच्छा सोधिएको थियो तर उनहिरुले यसको कुनै जवाफ नदिएपछि अब उनीहरुको अन्तिम इच्छा पूरा गर्नु नपर्ने भएको हो ।
यसअघि उनीहरुलाई फाँसी दिने मिति २२ जनवरी तोकिएको थियो । यस क्रममा तिहाड जेल प्रशासनले उनीहरुको अन्तिम यच्छा सोधेको थियो तर दोषीहरुले यसको कुनै जवाफ दिएनन् । अब जेलले उनीहरुलाई परिवारसँग भेट्न अनुमति दिएको छ जो सामान्य प्रक्रिया हो । उनीहरुले हप्तामा २ पटक परिवारसँग भेट्न पाउँछन् ।
जेलले प्रत्येक दोषीको सुरक्षा बढाएको छ । हरेक दोषीको सुरक्षाको लागि २ सुरक्षा गार्ड तैनाथ गरिएको छ जसले शिफ्टमा काम गर्छन् । तिहाडले अहिलेसम्म तीन पटक डमीलाई फाँसीमा झुण्ड्याएर फाँसीको अभ्यास गरिसकेको छ । फाँसीको मिति नजिक आएसँगै दोषीहरुले खाना खान कम गरेका छन् । उनीहरु कम खान्छन् र तनावमा छन् ।
दोषीहरुको हरेक दिन मेडिकल परीक्षण गरिन्छ । रिपोर्ट सामान्य छ । अहिलेसम्म कुनै दोषीले दया याचिका पठाएका छेनन् । यी सबै घटनाक्रमलाई हेर्दै फाँसीको तयारी जारी छ । जल्लाद पवन ३० जनवरीमा तिहाड जेल पुग्नेछन् ।
Facebook Comment