ईपीएलः वेष्ट इण्डिजका ड्वेन स्मिथले भैरहवाबाट खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका लेजेन्ड ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको आयोजकले जनाएको छ।
स्मिथले वेष्ट इन्डिजको राष्ट्रिय टोली लगायत विश्वका सबै जसो चर्चित फ्राञ्चाइज टी–२० लिग खेलिसकेका छन् । आईपीएलमा हरेक वर्ष खेल्दै आएका उनले पीएसएल, बीपीएल लगायतका चर्चित लिग खेलिसकेका छन् । ३६ वर्षिय उनले अलराउण्डरको रुपमा खेल्ने गरेका छन् ।
२६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’
BREAKING NEWS ALERT: The West Indian Juggernaut Dwayne Smith will be visiting Nepal in 2020 to play the @eplt20official for Bhairahawa Gladiators! How pumped are you to see the powerhouse of WI and IPL play against our talents?#eplt20 #VisitNepal2020 pic.twitter.com/mxKV8VISh4
— EPL – Everest Premier League (@eplt20official) January 25, 2020
एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यो सिजनमा विश्व क्रिकेटका चर्चित हस्तीहरु खेल्ने भएसँगै विदेशी खेलाडीको लागि कडा नियम पनि बनेको छ । अबदेखि ईपीएल खेल्ने विदेशी खेलाडीले नेपालका अन्य घरेलु लिग खेल्न नपाउने नियम बनाएको छ ।
Facebook Comment