मार्टिन्सको गोलमा संकटाको साँघुरो जित

डिसी नेपाल
११ माघ २०७६ १७:१२

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले साँघुरो जित निकालेको छ। शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा संकटाले गोल गरेको थियो । खेलको ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरमा अनमार्क रहेका मार्टिन्सले हेड गोल गरेका थिए ।

खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *