बाबर र हफिजको शानदार ब्याटिङमा टी२० सिरिज पाकिस्तानलाई

एजेन्सी । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टी–२० मा पनि हार व्यहोरेको छ। लाहोरमा भएको खेलमा बंगलादेश पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।
बंगलादेशले दिएको १३७ रनको लक्ष्य पाकिस्तानले १६.४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहम्मद हफिजले उत्कुष्ट पारी खेले। बाबरले ४४ बलमा ६६ रन तथा हफिजले ४९ बलमा ६७ रन बनाएर अटआउट रहे। बंगलादेशकमा शेफिउल ईस्लामले १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १३६रन बनाएको थियो। बंगलादेशका तमिम ईकबालले ६५ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। पाकिस्तानका मोहम्मद हस्नानले २ विकेट लिए।
जितसँगै पाकिस्तानले सिरिज आफ्नो नाममा गरेको छ। पहिलो खेलमा बंगलादेश ५ विकेटले पराजित भएको थियो।
Facebook Comment