ला लिगाः बार्सिलोनालाई भ्यालेन्सियाको चुनौती

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार राती साविक विजेता बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । भ्यालेन्सियाको मैदानमा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ ।
भ्यालेन्सियाको भ्रमणमा निस्कदा बार्सिलोना सहज जितको खोजीमा हुनेछ । र, शीर्ष स्थानको अग्रता स्पस्ट ३ अंकको बनाउन चाहन्छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २० खेलमा ४३ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा गोल अन्तरले मात्र अघि रहेको छ ।
यता, भ्यालेन्सिया घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध बनाउने योजनामा हुनेछ । भ्यालेन्सिया घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। भ्यालेन्सिया ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत अर्को खेलमा सेभियाले ग्रानडासँग खेल्नेछ । डिपोर्टिभो अल्भेसले भिल्ला रियलसँग खेल्नेछ ।
Facebook Comment