प्रदेशस्तरीय फुटबल प्रतियोगिता शुरु

धनगढी । सुदुरपश्चिम प्रदेशस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता’मा फारवेष्ट पशुपति युवा क्लब र आयोजक मनकामना युवा क्लबले विजयी शुरुआत गरेका छन् ।
शनिबार देखि यहाँ शुरु भएको खेलमा पुरुषतर्फ मनकामना युवा क्लबले गौरीगङ्गा–११ लाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । मनकामनाको जितमा कृजल श्रेष्ठले ह्याट्रिकसहित पाँच गोल र सुरेश खत्रीले एक गोल गरे ।
दोस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लबले नमूना युवा क्लबमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको छ । अतिरिक्त समय आधा मिनेट बाँकी रहँदा फारवेष्टका रोशन खातीले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन् । जितसँगै मनकामना र फारवेष्ट पश्ुपति प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
प्रतियोगिताका संयोजक सुशील मगरले प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ सात टोलीले प्रतिष्पर्धा गर्न लागेका जानकारी दिए । स्थानीय जुगेडा खेल मैदानमा शुरु भएको सोे प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
Facebook Comment