कमब्याकपछि गुमनाम संचितालाई ‘गुनगुन’ले स्थापित गर्ला ?

डिसी नेपाल
२५ भदौ २०७५ ५:०२

काठमाडौं । एक्सन अभिनेताको पहिचान बनाएका निखिल उप्रेतीको दोस्रो श्रीमती बनेकी नायिका संचिता लुइँटेल विवाहपछि झण्डै पाँच वर्ष चलचित्र क्षेत्रबाट टाढिईन् ।

चलचित्रमा काम गरिरहेका बेला चलचित्र क्षेत्रबाट टाढा बसेकी यी सुन्दर नायिका झण्डै तीन वर्षअघि ‘नाईँ नभन्नू ल ३’ मार्फत चलचित्र क्षेत्रमा फर्किइन् । चलचित्र राम्रै चल्यो । तर, त्यसको क्रेडिट भने संचितामाथि गएन् । त्यसपछि संचिताले ‘राधा’, ‘लिला’ हुँदै ‘गुनगुन’सम्म काम गरिन् ।

उनि अभिनित पछिल्लो चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रको टिजर पनि हालसालै सार्वजनिक भएको छ । पुकार भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा संचिताका साथमा रविन्द्र प्रताप सेन , सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

‘गुनगुन’बाहेक संचिताको हातमा तत्कालका लागि अन्य चलचित्र छैनन् । एक छोरो र एक छोरीकी आमा बनिसकेकी संचिता अहिले ‘गुनगुन’कै प्रतिक्षामा छिन् । उनि ‘गुनगुन’पछि पुन चलचित्रमा जम्ने दाउमा छिन् ।

हुनत आमा बनेपछि चलचित्रमा सफलता पाउने नायिका कमै मात्र छन् । संचिताको हकमा पनि यही सावित हुने पो हो की ? त्यसका लागि भने केही समय प्रतिक्षा गरौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *