पुटिनलाई गर्ड अफ अनरको सम्मान दिइरहँदा प्यालेस्टिनी सैनिकको टोपी खसेपछि…
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार प्यालेष्टाइनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।
कार्यक्रममा प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको थियो । गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यसका लागि खटाइएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो । समारोह सुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन मिल्दैनथ्यो ।
पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा लडिरहेको थियो । पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे । समाजिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रशंसा गरिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment