एभरेस्ट पानारोमा होटलमा भारतीयको मृत्यु प्रकरण : केरलाका मुख्यमन्त्रीले नेपालसँग मागे क्षतिपूर्ति
काठमाडौं। गएको सात गते मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा होटलमा ८ जना भारतीय नागरिकको मृत्यु भएको विषयमा भारतको केरला राज्य सरकारले नेपालसँग क्षतिपूर्ति माग्नुपर्ने बताएको छ।
केरलाका मुख्यमन्त्री पिनारायी विजयनले भारतीय विदेशमन्त्री सुब्रमण्यम जनशंकरलाई एक पत्र लेखेर नेपालसँग क्षतिपूर्ति माग्न आग्रह गरको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।
पत्रमा मुख्यमन्त्री विजयनले आफ्नो राज्यका ८ जना मारिनु निकै दुःखदायी घटना रहेको भन्दै होटल व्यवस्थापकको कमजोरी र नियामक निकायले अनुमगन नगर्दा दुःखद् घटना भएको बताएका छन्। उनले यो विषयमा छानविन गरी नेपाल सरकारले पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।
यद्यपी उनको यो पत्रको जवाफ विदेशमन्त्री जयशंकरले के दिए भन्ने विषयमा भने केही खुलाइएको छैन। तर, भारतीय विदेश मन्त्रालयले नेपालसँग याृे विषयमा जानकारी माग्ने सम्भावना भने बढेको छ।
Kerala CM writes to External Affairs Minister Dr S Jaishankar, requesting that ‘Nepal Govt may be requested to order inquiry into the death of 8 tourists (from Kerala) in a hotel room in Nepal,&also Nepal government should be persuaded to give compensation to victims’ families.’ pic.twitter.com/ICSF3n1xSo
— ANI (@ANI) January 26, 2020
गत मंगलवार राति मकवानपुरको एभरेस्ट पानारोमा होटलको कोठमा ग्यास हिटरमा गुम्सिएर ८ जना भारतीयको मृत्यु भएको थियो। नेपाल घुम्न आएका ती सबैजना केरलाका थिए।
राति हिटर बालेर सुतेका ८ जना भारतीयको कोठामा अक्सिजनको कमीले मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि, घटनाबारे विस्तृत रिपोर्ट सार्वजनिक भएको छैन।
नेपाल सरकारले मकवानपुरमा भएको उक्त घटनाको छानविन गर्न समिति गठन गरिसकेको छ। पर्यटन विभागको होटल शाखाले निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा बुधवार ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
होटलमा बेहोस भएका सबैलाई हेलिकोप्टरमाफर्त काठमाडौंमा ल्याइएको थियो। मृतकहरु एकै परिवारका रहेकोसमेत बताइएको थियो।
Facebook Comment