अमेरिकी दूतावासमा फेरि मिसाइल आक्रमण

डिसी नेपाल
१३ माघ २०७६ ७:४७

एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा फेरि मिसाईल आक्रमण भएको छ । उक्त आक्रमण इरानले गरेको अमेरिकी दाबी छ ।

अमेरिकाले फेरि आक्रमण भए चुप लागेर नबस्ने चेतावनी दिए लगत्तै आइतबार राति इराकस्थित अमेरिकी दूतावासमा ५ वटा मिसाईल आक्रमण भएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टाइग्रिसको पश्चिम बैंकको नजिकै चर्को आवाज सुनियो, जहाँ अमेरिकी दूतावास र अधिकांश अन्य विदेशी राजदूतावासहरु रहेका छन् ।

इराकी सुरक्षाकर्मीका अनुसार अमेरिकी दूतावासलाई लक्षित गरेर ५ वटा रकेट आक्रमण भएको र आक्रमणबाट कुनै क्षति नभएको

जनाएका छन् ।

इरानी कमान्डर कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीचको सम्बन्ध बिग्रिँदै गएको छ । अमेरिकाले इरानी सैनिक कमान्डरलाई सुलेमानीलाई इराकमा मारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *