पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय, आज बाक्लो कुहिरो, मंगलबार र बुधबार वर्षा हुने

डिसी नेपाल
१३ माघ २०७६ ८:४६

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पुनः चिसो बढ्ने भएको छ।

सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आजदेखि चिसो बढ्ने यो प्रणालीका कारण मङ्गलबारभन्दा बुधबार धेरै पानी पर्नेछ । तर यसअघि जस्तो लगातारको झरी भने पर्ने छैन।

महाशाखाका अनुसार आज बाक्लो कुहिरो सहित चिसो बढ्न तथा सोमबार र मंगलबार वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यस्तो छ तीन दिने मौसम पूर्वानुमान

माघ १३ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

माघ १४ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *