कोबि ब्रायन्टसहित ९ जनाको ज्यान जाने दुर्घटनाः कुहिरोले ढाकिएको मौसम र असामान्य आवाज
काठमाडौं। अमेरिकी दिग्गज बास्केटबल खेलाडीसहित अन्यलाई लिएर ब्रायन्टको माम्बा एकेडेमीमा लिएर जाँदै गरेको हेलिकप्टर क्यालिफोर्नियाको क्यालाबासासमा आइतबार दुर्घटना भयो । एनबीएका दिग्गज खेलाडी ब्रायन्ट, उनकी १३ वर्षकी छोरी जियाना मारिया ओनोरसहित ९ जनाले दुर्घटनामा ज्यान गुमाए ।
दुर्घटनाको विषयमा जाँच गर्नको लागि एउटा अनुसन्धान टोली गठन गरी काम अघि बढाइएको छ । सबैभन्दा पहिले यो समाचार सार्वजनिक गर्ने मिडिया टिएमजेडका अनुसार हेलिकप्टर जोन वायन विमानस्थलबाट स्थानीय समयअनुसार ९ बजेर ६ मिनेटमा उडेको थियो । हेलिकप्टर लस एन्जल्स हुँदै उत्तरुतर्फ जाँदै थियो । यको गति करिब २०० किलोमिटर प्रतिघण्टा भएको बताइएको छ ।
दुर्घटनाअघि हेलिकप्टरको इन्जिनबाट असामान्य आवाज आइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त सिकोरस्काइ एस –७६ बी हेलिकप्टर १९९१ मा बनेको रिपोर्टमा जनाइएको छ । लस एन्जल्स टाइम्सले हेलिकप्टर उडिरहेको क्षेत्रमा बाक्लो कुहिरो लागेको लेखेको छ । उसले न्यून भिजिबिलिटी दुर्घटनाको कारण हुन सक्ने अनुमान गरेको छ ।
‘आवाज सामान्य थिएन र भिजिबिलिटी निकै कम थियो’ प्रत्यक्षदर्शी जेरी कोचारियनले लस एन्जल्स टाइम्ससँग भने । उनले अगाडि थपे ‘मैले हेलिकप्टर खसिरहेको र टुक्रिइरहेको देखें । यद्यपि निश्चित रुपमा भन्न कठिन छ किनकि बाक्लो कुहिरो थियो । हेलिकप्टर आगोको डल्लोजस्तै भएको थियो । कोही पनि बच्ने सम्भावना देखिएको थिएन ।’ आकस्मिक सेवा तत्कालै घटनास्थलमा पुगेको थियो जसले कोही पनि नबचेको पुष्टि गरेको छ ।
Facebook Comment