४ महिनादेखि कसैले सम्पर्क नगरेपछि कारण खोज्न हिँडेका वृद्धले आफ्नै चिहान भेट्टाए
काठमाडौं। स्कटल्याण्डको टेयसाइडमा बस्ने ७५ वर्षका रेटायर्ड वेल्डर एलन हेटेललाई ४ महिनासम्म कसैले पनि सम्पर्क गरेनन् । यो अवधिमा उनी कसैको सम्पर्कमा थिएनन् । न कसैले उनलाई फोन गर्थे न भेट्न नै आउँथे । यत्तिकैमा उनले आफ्नै चिहानबारे थाहा पाए ।
मेट्रोको समाचार अनुसार उनलाई कसैले सम्पर्क नगरेपछि उनी चिन्तामा थिए कि आखिर यस्तो किन भइरहेको छ । करिब एक हप्ता पहिले उनले यसको कारण पत्ता लगाउने कोसि गर्दा थाए पाए कि उनको त मृत्यु भइसकेको छ र चिहानघाटमा उनको चिहान समेत बनाइसकिएको छ ।
मिडिया रिपोर्टका अनुसार एलनले यो काम कुनै उद्दण्ड तत्वको भएको बताएका छन् । ती उद्दण्डहरुले आफ्नी पूर्व श्रीमतीलाई यस्तो गर्न उक्साएको उनले बताए । यी दुई केही वर्ष पहिले छुट्टिएका थिए । स्थानीय काउन्सिलले चिहान बुकिङको लागि जमिन किन्नु नितान्त निजी कुरा भएको भन्दै चिहानको प्लट कसले किनेको हो भन्ने जानकारी दिन नमिल्ने जनाएको छ ।
एलनका अनुसार चिहानको पत्थरमा उनीसँगै उनकी पूर्व पत्नीको नाम पनि लेखिएको छ । एलन आफ्नो चिहान देखेपछि यसकारण पनि आश्चर्यमा छन् किनकि उनी मरेपछि गाडिने नभइ जलाएर दाह संस्कार गर्ने पक्षमा छन् । उनले यो चिहानको कारण आफ्नो सामाजिक जीवन समाप्त भएको भन्दै यो गलत भएको बताए ।
Facebook Comment