ग्याल्पो ल्होसारमा गायक दुर्गेश थापा र तेम्बो लामा कुर्दिस्तान आउने
कुर्दिस्तान । ग्याल्पो ल्होसार मनाउन गायक दुर्गेश थापा र तेम्बो लामा कुर्दिस्तान आउने भएका छन् । ‘हाम्रो शेर्पा जातिको भाषा, धर्म, संस्कृती र जातीय पहिचान हाम्रो सान । हाम्रो जातीय रीतिरिवाज, भाषा र धर्मलाई सम्वर्द्धन गरि गरौँ सम्मान’ भन्ने नारासहित आयोजना गरिएको ग्याल्पो ल्होसार विशेष सांस्कृतिक धमकामा प्रस्तुती दिन उनीहरु कुर्दिस्तान आउने भएका हुन् ।
२१४७ औं च्या फो-चिवा ल्हो ग्याल्पो ल्होसारको अवसर पारेर आगामी फेब्रुअरी २८ तारिखका दिन हिमालयन शेर्पा युनिक ग्रुपले कुर्दिस्तानस्थित सुलेमानि सर्चिनारको कुर्दोनिया हलमा ल्होसार सांस्कृतिक धमाका आयोजना गरेको हो ।
शेर्पा जातिको रीतिरिवाज अनुसार पुजा गरि कार्यक्रम सुरुवात गरिने ग्रुपका संस्थापक ठिलेन शेर्पाले जानकारी दिए।
कार्यक्रमलाई विशेष बनाउन नेपालबाट गायक तथा मोडल दुर्गेश थापा र सेलो गायक तेम्बो लामालाई आमन्त्रण गरिएको ग्रुपका अध्यक्ष ठूलोकान्छा शेर्पाले बताए।
उनले कुर्दिस्तानमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागिताका लागि निम्तो दिएका छन् ।
Facebook Comment