५ वर्षकी बालिकालाई बलात्कार गरी टुक्रा–टुक्रा पार्नेलाई फाँसी
एजेन्सी। भारतको एक अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई फाँसीको सजाय सुनाएको छ । ती व्यक्तिले ती बालिकामाथि बलात्कार गरेर उनको हत्या गरेका थिए । हत्यापछि उनको शवलाई टुक्राटुक्रा पारेर लुकाएका थिए ।
अदालतले यी दोषीकी आमालाई पनि सात वर्षको सजाय सुनाएको छ । उनले हत्यारालाई सहयोग गरेको आरोप लागेको थियो । ती बालिकामाथि दुव्र्यवहार गर्ने वीरेन्द्र भन्ने युवा चाहिँ २७ वर्षका हुन् । उनलाई प्रहरीले केही दिनअघि नै समातिसकेको थियो ।
प्रतिक्रिया
Facebook Comment