मङ्गोलियामा भएको आगलागीमा सोह्रको मृत्यु

डिसी नेपाल
१४ माघ २०७६ १५:१२

उलन बटोर। मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ ।
आगलागनीका ती घटनाहरुमा परी १६ व्यक्तिले ज्यान गुमाएका राष्ट्रिय आपतकालीन व्यस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएको छ ।

नेमाद्वारा जारी एक विज्ञप्तिमा यस महिनाको सुरूदेखि नै देशभर जम्मा ४१७ आगलागीका घटना भएका र यसमा परी दुई बालबालिकासहित १६ व्यक्तिको मृत्यु भएको छ ।

विद्युत लाइनमा आउने अवरोधका कारण नै प्रायः आगलागीका घटना हुने गरेको आपतकालीन निकायले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *