लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु
![लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु](https://www.dcnepal.com/wp-content/uploads/2020/01/PHOTO-2019-09-07-10-10-31.jpg)
लाहोर । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।
“लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,” पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ ।
डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । तर स्थानीय प्रहरी स्रोतले घटनामा १२ जनाको मृत्युभएको बताएको छ । विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा धेरै जनाको मृत्यु हुनपुगेको एक प्रत्यक्षदर्शीले बताए । घटनास्थलमा आगो नियन्त्रणमा आइसकेको छ भने घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment