अष्ट्रेलिया ओपनः सेमिफाईनलमा जोकोभिच र फेडेरर भिड्ने

काठमाडौं । नोभाक जोकोभिच अष्ट्रेलिया ओपन टेनिसको सेमिफाईलनमा प्रवेश गरेका छन् । खेलको दौरान आँखामा चोट बोकेका उनले ३२ औं वरियताका क्यानेडियन खेलाडी मिलोस राओनिकलाई हराएका हुन् ।
उनले ६–४, ६–३, ७–६ (७–१)को सेटमा जित निकाले । जितसंगै जोकोभिचले सेमिफाईनलमा फेडेररसंगको भिडन्त पक्का गरेका छन् । फेडेररले अमेरिकाका टेनीज स्यान्डग्रेनलाई पराजित गर्दै अन्तिम चारमा पुगेका हुन् । तेस्रो वरियताका फेडेररले स्यान्डग्रेनलाई ६–३, २–६, २–६,७–६(१०–८) र ६–३ को सेटमा पराजित गरेका थिए।
जोकोभिचले तेस्रो वरियताका फेडेररसंग आगामी मंगलबार अन्तिम ४ को खेलमा प्रतिस्पर्धा गर्नेछन् । उनले सन् २०१६ को अष्ट्रेलियन ओपनको सेमिफाईनलमा फेडेररलाई हराएका थिए।
प्रतिक्रिया
Facebook Comment