छाउपडी प्रथा उन्मूलनका लागि सद्भावना दूत नियुक्त
जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा छाउपडी प्रथा उन्मूलनका लागि सहयोग पु¥याउन सद्भावना दूत नियुक्त गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरुआत् गरेको छाउपडी (छुईप्रथा) विरुद्दको अभियान बस्तीबस्ती र नागरिकको घरघरमा पु¥याउने प्रयासस्वरूप आज वडाध्यक्ष, धामी झाँक्री शिक्षक, पत्रकार, महिला अगुवालगायत सात जनालाई सद्भावना दूत नियुक्त गरिएको हो ।
सद्भावना दूतलाई प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मंगलबार आयोजित कार्यक्रममा टीका लगाइ दिएका थिए । सद्भावना दूतमा वडा नम्बर ४ का वडाध्यक्ष मुनबहादुर बूढा, शिक्षिका शान्ति शाही, धामीझाँक्री पुरबहादुर शाही, चक्र शाही, पत्रकार नेत्र शाही, महिला अगुवा दानकला शाही र बेलकोशा सार्की रहेका छन् ।
छुईप्रथा उन्मूलनका अभियन्ताले स्थानीय सरकार, सुरक्षाकर्मीलगायतका सरोकारवाला निकायसँग समन्वय गरी हरेकका घरदैलोमा पुगेर जनचेताना जगाउनुका साथै छाउपडी उन्मूलन कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताए ।
Facebook Comment