अनिता सम्मिलित सेथु पराजित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत रहेको सेथु एफसीले भारतको हिरो महिला लिग फुटबलमा हार व्यहोरेको छ ।
बैंगलोर फुटबल स्टेडियममा मंगलबार भएको खेलमा सेथु क्रिप्सा एफसीसँग २–० गोल अन्तरले पराजित भएको हो ।
क्रिप्साको जितमा रतनबालादेवीले दुई गोल गरिन् । यस अघि पहिलो खेलमा सेथुले कोल्हापुर सिटीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
साविक विजेता समेत रहेको सेथुको दोस्रो खेलमा मिडफिल्डर अनिताले मैदान उत्रने मौका पाएकी थिइन् । अनिता लगातार दोस्रो सिजन सेथुबाट खेलिरहेकी हुन् ।
प्रतिक्रिया
Facebook Comment