आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१५ माघ २०७६ ८:५४

काठमाडौँ । आज र भोलि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

मंगलबारबाट नेपालमा पश्चिमी न्युन चापीय प्रणाली प्रवेश गरेकाले बुधबार र बिहीबार देशका अधिकांश ठाउँमा पानी र हिउँपर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका देशको मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र पश्चिमी उच्च हिमाली भेगमा हिमपात हुने छ ।

बुधबार दिउँसोभन्दा राति धेरै वर्षा र भारी हिमपात हुने र शुक्रबारदेखि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिने पूर्वानुमान

माघ १५ गते (बुधबार)

दिउँसो : देशको पश्चिम तथा मध्य भू-भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

रातीः  देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली  रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

 माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ|

रातीः  देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ|




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *