बससँग ठोक्किएर खाल्डोमा खस्यो अटो, त्यहीँमाथि खस्यो बस, २६ जनाको घटनास्थलमै मृत्यु

डिसी नेपाल
१५ माघ २०७६ १४:२६

काठमाडौं। ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा यात्रुहरुले भरिएको एउटा बस अटोसँग ठोक्कियो । ठक्करपछि अटो २० फिट गहिरो पानीले भरिएको खाल्डोमा बस्यो । त्यसपछि अटोमाथि खस्यो जसका कारण अटोमा भएका मानिसहरुको बच्ने सम्भावना पूरै समाप्त भयो । बटोमा रहेका ९ जनासहित बसका यात्रुसमेत गरी कूल २६ जनाको दुर्घटनामा ज्यान गएको छ । महाराष्ट्रको मालेगांवमा दुर्घटना भएको आज तकले लेखेको छ ।

ठक्करपछि अटो रेलिङ तोड्दै खाल्डोमा खसेको थियो । दुर्घटनापछि स्थानीय घटनास्थलमा जम्मा भएका थिए जसले केही यात्रुहरुलाई बसको सिसा फुटाएर उद्धार गरेका थिए । १५ देखि २० मिनेटको बीचमा १८ देखि २० जनालाई यसरी उद्धार गरिएको थियो । त्यसपछि भने बस पनि डुब्दै गएकोले स्थानीयले उद्धार गर्नु सम्भव भएन । पछि पुलिसका उद्धारकर्ताहरु आएर बस र अटोरिक्सालाई बाहिर निकालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *