‘ट्रिपरको ठक्करले ज्यान गुमाउने केशर र आत्महत्या गर्ने अरुणाबीच कुनै सम्बन्ध छैन’

डिसी नेपाल
१५ माघ २०७६ १४:४९

कालिकोट । सुर्खेतमा मंगलबार टिपरको ठक्करबाट निधन भएका कालिकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार दिउँसो नै सुर्खेतमा आत्महत्या गरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका ढिम्नी निवासी अरुणा शाही बिचमा कुनै पनि सम्बन्ध नभएको परिवारले जनाएको छ ।

टिपरको ठक्करबाट सिंहको निधन र अरुणाको आत्महत्या एकै दिन भएकाले धेरैले उनीहरुबीच सम्बन्ध भएको अनुमान गरिरहेका बेला मृतक अरुणाका परिवारले आधिकारिक रुपमा आत्महत्या गरेको कारण के हो भन्ने थाहा नभएको बताएका छन् । केशर बहादुर सिंहसंगको प्रेमले आत्महत्या गरेको भन्ने समाचार मिडियामा आइरहेका बेला अरुणाका मामा मातृका सिंहले राजधानी दैनिकसँग कुरा गर्दै प्रेम हो होइन भन्ने पुष्टि नै नभएको बताएका छन् । उनले भने, ‘मिडियाले चरित्रहत्या गर्ने काम गरिरहेका छन् । उनीहरु बिचमा प्रेम सम्बन्ध छ छैन भन्ने कुरा अब प्रहरी अनुसन्धान पछि मात्र खुल्ने छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *