भारत र न्युजिल्याण्डबिचको तेस्रो टी–२० सुपर ओभरमा

एजेन्सी । न्यूजिल्याण्ड र भारतबिचको तेस्रो टी–२० खेल सुपर ओभरमा गएको छ। रोमाञ्चक खेलमा १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो।
न्युजिल्याण्डका कप्तान केन विलियम्सनले शानदार पारी खेल्दै खेललाई जितको नजिक पुर्याएका थिए।उनले ४८ बलमा ९५ रन बनाए।
प्रतिक्रिया
Facebook Comment