ईपीएलः अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान साहजादले चितवनबाट खेल्ने

डिसी नेपाल
१५ माघ २०७६ १६:५८

काठमाडौं । अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।

चितवनले बुधबार प्रेस विज्ञप्ति निकाल्दै पहिलो विदेशी खेलाडीको रुपमा साहजाद टिममा अनुबन्धित भएको जनाएको छ । चितवनले यस संस्करणको लागि साहजादलाई भित्राउन पाउँदा निकै उत्साहित भएको समेत जनाएको छ ।

साहजादसँग बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी–१० खेलेको अनुभब समेत रहेको छ । गत संस्करणको ईपीएलमा चितवनबाट आयरल्याण्डका पाउल स्टर्लिङ र इंग्ल्याण्डक जोन सिम्सन रहेका थिए ।

चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ । यस अघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *