भारतबारे नेकपाको प्रतिवेदनमा के छ?
काठमाडौं। भारत र नेपालबीच पछिल्लो दिन नक्शा विवाद र तरकारीको विषादी परीक्षणको विषयले मतभेद उत्पन्न भएको छ। यही परिपेक्ष्यमा सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ।
सत्तारुढ दलले भारतबारे कस्तो धारणा राख्छ भन्ने विषय महत्वपूर्ण भएकाले यसतर्फ सबैको चासो छ।
बुधबार राजधानीमा शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।
उनले प्रस्तुत गरेको ३५ पेजको प्रतिवेदनमा भारतप्रतिको धारणा पनि समावेस छ। खास गरी हालै भारतले सार्वजनिक गरेको विवादास्पद नक्शामा नेपाली भूमि समेटेको विषयलाई अलिविस्तृत रुपमा प्रतिवेदनमा नआएको भन्दै नेता भीम रावललगायतले बुधबार नै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले भारतीय नक्शाबारे छुट्टै एजेण्डा बनाउनुपर्नेमा राजनीतिक प्रतिवेदनमा औपचारिकता लागिमात्र यो विषय समावेस गरिएको उनको तर्क छ।
दाहालले पेश गरेको प्रतिवेदनमा भारतसँगको नक्शा विवाद र सीमा विवाद राजनीतिक र कुटनीतिक संवादबाट समाधान गर्नुपर्ने निश्कर्ष छ।
प्रतिवेदनमा भनिएको छ, ‘हालसालै भारतले जारी गरेको नयाँ नक्शामा नेपालको लिम्पिया धुरा, कालापानी र लिपुलेकलगायतका समेटेको विषयमा नेपालका सबैका दल, सरकार वौद्धिक व्यक्ति, नागरिक समाजले असह्य भएको तथ्य प्रकट भइनै सकेको छ। हामो पार्टी, सरकार र नेपाली जनताले तत्काल कुनटनीति राजनीतिक माध्यमबाट भारत सरकारसँग नक्शा सच्याउन, सेना फिर्ता गर्न पहल गरिसकेका छन्। हाम्रो पार्टी तथा सरकार सुगौली सन्धीअनुसार महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरा पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्यमा विश्वास गर्छ। यसैअनुसार समस्या समाधान हुनुपर्छ।’
प्रतिवेदनमा भारत र चीनको तिब्र आर्थिक विकासको फाइदा नेपालले लिनुपर्ने भन्दै भारत र चीनसँग सन्तुलित परराष्ट्र नीति अंगाल्ने उल्लेख छ।
Facebook Comment