पुजाको रामकहानीसँग हार्यो प्रदिपको रोज, २ दिनमै रामकहानीको यति धेरै कमार्इ
काठमाडौँ । गत शुक्रबार, भदौ २२ बाट दुई नेपाली चलचित्र एकसाथ रिलिज भए। प्रदीप खड्काको ‘रोज’ र पूजा शर्माको ‘रामकहानी’ एकसाथ मैदानमा उत्रेका हुन्।
रिलिजको अन्तिम समयमा आएर चाबहिलको गोपिकृष्ण हलमा फिल्म ‘रामकहानी’ लागेन। दुई सय दर्शक क्षमता भएको नमःमा फिल्म लगाउने भएपछि बाध्य भएर फिल्म नलगाउने निर्णय गरिएको हो।
उसो त आफ्नो फिल्म लाग्दा अन्य फिल्मलाई गोपिकृष्णले साना पर्दामा सीमित पार्ने गरेको छ। साना पर्दामा सीमित गर्दा यसअघि फिल्म कबड्डी र गाजलुले प्रदर्शनको दोश्रो शोबाट फिल्म उतारेका थिए। गोपिकृष्णको यस्तो रवैयाले धेरै निर्माता रुष्ट हुँदै आएका छन्।
दुईवटा फिल्म सँगै रिलिज भएतापनि आक्रामक व्यापार भने रामकहानीको देखिएको छ। काठमाडौँ लगाएत देशभर नै रामकहानीले आक्रामक व्यापार गरेको वितरक सुनिल मानन्धरले जानकार गराए। कमेडी र लभस्टोरी जनरामा निर्माण भएको यो सिनेमाले शुक्रवार मात्रै ३५ लाखको हाराहारीमा कारेवार गरेको छ।
त्यस्तै शनिवार पनि सिनेमाको कलेक्शन राम्रै रहेको निर्माण पक्षले जनाएको छ। देशभरका हलहरु प्राय हाउसफुल भएका थिए तर अर्कोतिर रोजले भने सोचे जस्तो राम्रो व्यापार गर्न सकेनन्। थप रिपोर्टको लागि हेर्नुस् भिडियो…
Facebook Comment