विश्व बरियताका नम्बर १ खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपनबाट बाहिरिए

डिसी नेपाल
१६ माघ २०७६ ८:३६

काठमाडौँ । विश्वका नम्बर एक टेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । आज भएको क्वाटरफाइनलमा अस्ट्रेलियाका डामिनिक थिएमसँग चार सेटमा ३-१ ले नाडाल हारेका हुन् ।

थिएमले नाडाललाई ७-६ (७-३), ७-६(७-४), ४-६ र ७-६(८-६) ले पराजति गरेका हुन् । निकै प्रतिष्पर्धात्मक खेलमा चार सेट मध्ये तीन सेटको निर्णय टाई ब्रेकरबाट भएको थियो ।

अब सेमिफाइनलमा थिएमले जर्मनीका एलेक्जेन्डर ज्वरेवसँग खेल्ने छन् । पराजित भएसँगै नाडालले रोजर फेडेररको २०औ ग्राण्ड स्लामको बराबरी गर्ने मौका गुमाएका छन् ।

थिएम पहिलो पटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका हुन् । तर नाडालविरुद्ध यस अघि फ्रेन्च ओपनमा थिएम पराजित भएका थिए । त्यस्तै अर्को सेमिफाइनलमा भने रोजर फेडेरर र नोभाक जोकोभिक विहिबार खेल्दै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *