लगातार २४ औं खेलमा पनि अपराजित लिभरपुल, लिगमा १९ अंकको विशाल अग्रता

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलको विजयी यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
लिभरपुलको जितमा मोहमद सलाह र एलेक्स ओक्सलेड चाम्बरलैंनले एक एक गोल गरेका थिए । यो जित सँगै यस सिजनमा प्रिमियर लिगमा लिभरपुलले खेलेका सबै टिमसँग जित हासिल गरेको छ । योसँगै लिभरपुल प्रिमियर लिगमा लगातार ४१ खेलमा अपराजित रहेको छ । जसमा ३६ जित र ५ बराबरी रहेका छन् ।
प्रिमियर लिगमा अपराजितको किर्तिमान आर्सनलको नाममा रहेको छ । आर्सनल ४९ खेलमा अपराजित रहेको किर्तिमान रहेको छ । त्यस्तै नोटिंगघम फोरेस्टले ४२ खेलमा अपराजित रहेको किर्तिमान रहेको छ ।
यो जितसँगै लिभरपुलले लिगमा १९ अंकको अग्रता लिएको छ । लिभरपुलको २४ खेलमा ७० अंकसहित शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २४ खेलमा ५१ अंक रहेको छ ।
Facebook Comment