विश्वविद्यालयमा दलीय भागबण्डाको राजनीति अत्य गर्न माग
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले संसदमा प्रस्तुत गर्न लागिएको सूचना, प्रविधि विद्येक रोक्न माग गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णयबारे जानकारी दिन बिहीबार जारी गरेको विज्ञप्तिमा विश्वविद्यालयमा हुने दलीय राजनीतिको अन्त्य हुनु पर्ने माग पनि गरिएको छ ।
युनियनका अध्यक्ष रुप नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै फागुन १४ मा हुने स्ववियु निर्वाचनमा सहभागी हुने उल्लेख गरिएको छ ।
‘स्ववियुको निष्पक्ष निर्वाचनका लागि एक स्वतन्त्र केन्द्रीय निर्वाचन समिति गठन गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सरकार र विश्वविद्यालयले विगतमा विद्यार्थी संगठन र आन्दोलित विद्यार्थीहरु संग गरिएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
Facebook Comment