तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई

डिसी नेपाल
१६ माघ २०७६ १८:१०

तनहुँ । तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल भएका छन् । उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गरेका हुन् । ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिम¥याङसम्मको करीब ४४ किलोमिटर दूरी उनले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गरेका हुन् ।

त्यसैगरी कालीकोट जिल्ला घर भई नेपाली सेनाका देवराज महतराले तीन घण्टा दुई मिनेटमा पार गरी द्वितीय र भोजपुर जिल्ला घर भई नेपाली सेनाकै तीर्थ तामाङले तीन घण्टा तीन मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गरेका हुन् । प्रतियोगतामा विजयी खेलाडीलाई क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ को साथै प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह र ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विजयी खेलाडीलाई संयुक्त रुपमा नगद तथा प्रमाणपत्र प्रदान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *