ए डिभिजन लिगः एनआरटीको सहज जित, बीबीसी पराजित

डिसी नेपाल
१६ माघ २०७६ १८:१६

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीको जितमा वैकल्पिक खेलाडी राजेश परियार नायक बने । एनआरटीको जितमा दुवै गोल राजेशले गरे । राजेश २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको १० मिनेट नबित्दै ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

मैदानको दायाँ भागबाट दर्शन गुरुङले उपलब्ध गराएको पासलाई डिबक्स भित्र रहेका राजेशले सदुपयोग गर्दै गोल गरे । खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए ।

जितसँगै एनआरटी लिगको चौंथो स्थानमा उक्लिएको छ । एनआरटीले ९ खेलमा १५ अंक जोडेको छ । ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *