प्रधान सेनापति खुल्ला म्याराथुन प्रतियोगिता फागुनमा

डिसी नेपाल
१६ माघ २०७६ १८:४४

काठमडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ गते महाशिवरात्रीका दिन सेना दिवस मनाउने र सोही अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको जनाएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले फागुन ३ गते अयोजना गरिने पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगितामा सेलीब्रेटी, कुटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी अधिकारीहरु, गैर सैनिक नागरिक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता रहने बताए ।

प्रवक्ता पाण्डेले सेना दिवसको दिन काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिने समेत जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *