फेडेररलाई हराउँदै जोकोभिक अष्ट्रेलियन ओपनको फाइनलमा

एजेन्सी। सर्बियन टेनिस स्टार नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
दोस्रो वरियता जोकोभिकले तेस्रो वरियताका फेडेररलाई ७–६(७–१), ६–४ र ६–३ को सेटमा पराजित गरे ।
यससँगै जोकोभिक आठौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुग्न सफल भएका छन् ।
प्रतिक्रिया
Facebook Comment