चितवन प्रिमियर लीगको ट्रफी सार्वजनिक

भरतपुर । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लीग (सीपीएल) टि–२० क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुँदैछ । प्रतियोगिताको ट्रफी बिहीबार अपराह्न नारायणी नदी किनारमा सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी पाँच वटै टिमका कप्तान संघर्ष पौडेल (भरतपुर गुर्खाज), सन्तोष न्यौपाने (सौराहा स्याण्ड्स), आकास थापा (राप्ती ¥यापिड्स), दीपेश श्रेष्ठ (इच्छाकामना वारीयर्स) र हेमराज पौडेल (उपकप्तान–माडी टाइगर्स) ले ट्रफी सार्वजनिक गरेका हुन् ।
माघ २५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार भरतपुर गुर्खाजविरुद्ध इच्छाकामना वारियर्स मैदान उत्रँदैछ । यो खेलमध्यान्ह १२ बजे हुने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
Facebook Comment