कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

डिसी नेपाल
१६ माघ २०७६ २१:३१

हान्चाउ । विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् ।

“हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट््याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन् ।”

कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले बुधबार जानकारी दिए।

चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उहाँले खोपको विकासका लागि गर्नु पर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *