नेपालीका नाममा क्रिस गेलको भिडियो सन्देश – ‘नेपाल, गेल तुफानका लागि तयार रहनू’

काठमाडौं। टि–२० क्रिकेटका पर्यायवाची मानिएका वेष्ट इण्डिजका तुफानी ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने पक्का भएको छ । उनलाई पोखरा राइनोजले आफ्नो टिममा अनुबन्ध गरेको छ ।
पोखरा राइनोजेले आज उनलाई भित्र्याएको घोषणा गरेसँगै उने भिडियो सन्देश पठाएका छन् । सन्देशमा गेलले भनेका छन् ‘हेलो नेपाल । म क्रिस गेल द युनिभर्स बोस। किङ अफ ट्वेन्टी ट्वेन्टी । म एउटा ठूलो खेल इभेन्टका लागि नेपाल आउँदै छु । एभरेस्ट प्रिमियर लिगमा । आएर म र मेरो टिम पोखरा राइनोजलाई सपोर्ट गरिदिनुहोला र सबैभन्दा ठूलो क्रिकेट उत्सवको एक हिस्सा बनिदिनुहास् । नेपाल, गेल तुफानको लागि तयार रहनुहोस् ।’
Another T20 league for the Universe Boss – he’s off to Nepal! ??@henrygayle will play for @pokhararhinos next month in the @eplt20official.https://t.co/GLsktYyZny pic.twitter.com/FqHQoy4knz
— ESPNcricinfo (@ESPNcricinfo) January 30, 2020
४० वर्षका गेल अहिलेसम्मकै टि–२० इतिहासमा सबैभन्दा विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । ४०४ टि–२० का ३९६ इनिङमा ब्याटिङ गरेका गेलले कूल १३ हजार २ सय ९६ रन बनाइसकेका छन् । गेलले टि–२० मा मात्र २२ शतक र ८२ अर्धशतक बनाइसकेका छन् । उनले टि–२० मा मात्र १ हजार २६ चौका र ९७८ छक्का हानिसकेका छन् ।
Facebook Comment