निर्भयाका दोषीलाई फाँसी दिन जल्लादलाई बोलाइयो, फाँसी भोलि
नयाँ दिल्ली। दिल्लीको एक अदालतले तिहाड जेल प्रशासनलाई नोटिस जारी गरेर प्रशासनबाट निर्भया सामूहिक दुष्कर्म र हत्या घटनामा चार दोषीहरुको फाँसी टार्ने एक याचिका माथि शुक्रवार जवाफ दिन भनेको छ ।
विशेष न्यायाधीश एके जैनले तिहाड जेलका अधीक्षकलाई शुक्रबार बिहान १० बजेसम्म यो याचिकाबारे जवाफ दाखिल गर्न भनेको हो । अर्कोतर्फ तिहाड जेल प्रशासनले पवन नाम गरेका जल्लादलाई बोलाएको छ । यी दोषीहरुलाई फरवरी १ मा फाँसी दिइने छ ।
प्रतिक्रिया
Facebook Comment