खेलकुद दिवस तथा भ्यालेन्टाइनको अवसर पारेर कतारमा प्रकाश सपुत र प्रीति आलेको ब्याटल

डिसी नेपाल
१७ माघ २०७६ १०:२३

दोहा । कतारमा यो वर्ष यहाँको राष्ट्रिय खेलकुद दिवस तथा भ्यालेन्टाइन विशेष हुने भएको छ । कतारको ‘स्पोर्ट्स डे’ तथा भ्यालेन्टाइनको अवसर पारेर एसियाना दोहोरी तथा गजल क्लबले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा चर्चित ‘दोहरी ब्याटल’का गायक गायिका प्रकाश सपुत र प्रीति आले मगरले धमाकेदार प्रस्तुती दिनेछन् । साथै राष्ट्रिय लोक तथा दोहोरीमा ख्याति प्राप्त गायक गायिकाको बेजोड प्रस्तुती रहने छ ।

त्यस्तै नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘बुगीवुगी’का फाइनलिस्ट रबिन भुजेल र सबिता तामाङसँगै प्रतियोगी सोना गुरुङलेसमेत बेजोड प्रस्तुती दिनेछन् ।

एसियाना दोहोरी एण्ड गजल क्लब कतारमा पहिलो नेपाली दोहोरी साँझ हो । दोहाको ओल्ड सलातास्थित ‘बेस्ट वेस्टर्न प्लस’ होटलको १४ औं तल्लामा रहेको यो क्लबका सञ्चालक एनआरएनए मध्यपूर्व संयोजक तथा युवा व्यवसायी प्रवीन गुरुङ हुन् ।

झण्डै ४ लाखको संख्यामा कतारमा रहेका नेपालीहरूलाई नेपाली कला संस्कृती झल्किने गरी भरपुर मनोरञ्जन दिने हेतुका साथ उक्त रेस्टुरेन्ट संचालनमा ल्याइएको सञ्चालक गुरुङको भनाइ छ ।  नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरू झल्काउनका लागि दोहोरी साँझमा थ्रीडी आर्टसमेत गरिएको छ ।

‘हामी व्यापार व्यवसायको सिलसिलामा कतारमा छौं तर, हामीले आफ्नो जन्मभूमिलाई कहिल्यै पनि भुलेका छैनौं र भुल्दैनौँ पनि । नेपाली कला र संस्कृतिलाई विदेशमा समेत झल्काउन र प्रवर्द्धन गर्नका लागि दोहोरी साँझ सञ्चालन गरिएको हो ।’ सञ्चालक गुरुङले डिसी नेपालसँग भने ।

गुरुङले कतारको राष्ट्रिय दिवस तथा प्रणय दिवस (भ्यालेनटाइन डे) को अवसरमा एसिनामा आयोजना गरिएको कार्यक्रम विशेष हुने भएकोले कतारमा कर्म गरेर बसेका सम्पूर्ण नेपालीलाई उपस्थित भइदिनुहुन अनुरोध गरेका छन् । उनले भने, ‘हामीले कतारको राष्ट्रिय दिवस तथा भ्यालेनटाइन डे को अवसरमा सदाको भन्दा विशेष कार्यक्रम गर्न लागेका छौँ । कार्यक्रममा सहभागी भई प्रवासको बसाइमा नेपाली मन, नेपाली पन झल्किने पारिवारिक माहोलमा भरपुर मनोरञ्जन लिन कतारवासी सबै नेपालीलाई हाम्रो निम्तो छ ।’

उनले यसअघि कतारमा नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित नेपाली रियालिटी शोको ग्रान्ड फिनालेसमेत सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

कार्यक्रम यही फेब्रुअरी १२ तारिख र १३ तारिख बेलुका ४ बजेदेखि सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन महिलाको लागि विशेष छुटको व्यवस्था गरिएको सञ्चालक गुरुङले बताए । प्रवेश शुल्क महिलाको लागि कतारी रियल ५० लाग्नेछ भने पुरुषको लागि कतारी रियल १ सय लाग्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *