जापानमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा २ जना मृत भेटिए
टोकियो । जापानमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा २ जना मृत अवस्थामा भेटिएका छन् ।
टोकियोको वता वार्ड नाखारोकुगोमा नेपाली व्यवसायीले सञ्चालन गरेको तान्सेन भ्यु नामक इन्डियन नेपाली रेस्टुरेन्टमा दुई जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका हुन् ।
मृतक दुबै जना सोही रेष्टुरेन्टमा काम गर्थे । उनीहरु बिहीवार मृत भेटिएका हुन्।
उनीहरूमध्ये एक जना किचनसँगै जोडिएको सोफामा र अर्का एक कुर्सीमा मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीको प्रारिम्भक अनुसन्धानले तन्दुरमा कोइला बालेर हालेर सुतेका उनीहरूको अक्सिजनको कमीले मृत्यु भएको देखाएको छ ।
प्रतिक्रिया
Facebook Comment