राष्ट्रपतिले विवादित नागरिकता कानुनलाई गान्धीको सपना भनेपछि भारतीय संसदमा बबाल
काठमाडौँ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले संशोधित नागरिकता ऐन (सीएए) लाई महात्मा गान्धीको सपना भनेका छन् । राष्ट्रपतिको यो भनाइसँगै भारतको संसदमा विपक्षीले नाराबाजी गरेका छन् । विपक्षी सांसदहरुले राष्ट्रपतिले नागरिकता कानूनको विषय उठान गर्नेबित्तिकै नाराबाजी गरेका थिए । तर सत्तारुढ भारतीय जनता पार्टीका सांसदहरुले भने त्यसलाई २ मिनेटसम्म टेबुल ठटाएर समर्थन गरे ।
कोविन्दले भनेका थिए, ‘राष्ट्रपिता महात्मा गान्धीको सपना थियो, यदि कोही व्यक्ति पाकिस्तान वा अफगानिस्तानमा बस्न सक्दैन भने भारतमा आएर आफ्नो जीवन सजिलो बनाउन पाउँछ, यो सपनालाई मेरो सरकारले पूरा गरेको छ’ उनको यो सम्बोधनसँगै विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए ।
संघीय संसदको दुवै सदनबाट पारित भएको उक्त विधेयकले मुस्लिम तथा पूर्वोत्तर भारतमा बस्ने नागरिकहरु देश निकाला हुनसक्ने आशंकामा छन् । ती नागरिकहरुसँग अहिलेपनि भारतको आधिकारिक नागरिकता छैन । राष्ट्रपति कोविन्दले सीएएसहित विभिन्न मुद्दामाथि भइरहेको प्रदर्शनतर्फ इशारा गर्दै विरोध प्रदर्शनको दौरान भएको हिंसाले लोकतन्त्र कमजोर हुने पनि जिकिर गरे ।
Facebook Comment