गोरखा टिपर आतंकः आफन्तले शव अझै उठाएनन्
काठमाडौं। गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीय, क्रसर सञ्चालक र प्रशासनबीचको त्रिपक्षीय सहमति हुन सकेको छैन।सहमति हुन नसक्दा आफन्तले शव अझै उठाएका छैनन्।
शुक्रबार विहान पौने ७ बजे दुध बोकेर बजार हिडेकी मनमाया तामाङलाई गोरखकाली क्रसर परिसरबाट निस्केको ग १ ख ८०२७ नं को टिपरले ठक्कर दिएको थियो। गोरखाका डीएसपी बासुदेव खतिवडाका अनुसार प्रशासनको रोबरमा पीडित पक्ष र क्रसर संचालककाबीच वार्ता भएको थियो। तर, वार्तामा सहमति जुट्न नसकेको उनले जानकारी दिए।
उनले टिपर चालकलाई कानून बमोजिम कारबाही गर्ने, क्रसर उद्योग अवैध भए बन्द गर्ने मागहरु पूरा गर्न सकिने बताए। तर, पीडितका आफन्तले ठूलो रकम क्षतिपूर्तिका रुपमा मागेकाले सहमति हुन नसकेको डीएसपी खतिवडाले बताए।
उनका अनुसार अरु सबै कुरामा सामान्य सहमति भए पनि पीडित पक्षले ५० लाख क्षतिपूर्तिको माग गरेपछि सहमति जुटन समस्या भएका छ।
दुर्घटनाको बिषयलाई लिएर स्थानीयबासीले सोही स्थानमा केही टिपर र ६ वटा जेसिबी तोडफोड गर्नुका साथै ठक्कर दिने टिपरमा आगजनी समेत गरेका थिए। आगजनीबाट टिपरको अगाडिको भाग जलेर क्षति भएको छ। ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comment