क्यालिफायरमा पराजित हुँदै मेलबर्नले सिधै फाईनलमा पुग्ने मौका गुमायो

डिसी नेपाल
१७ माघ २०७६ १७:४१

एजेन्सी । बीग ब्यास लिगको क्यालिफायर खेलमा मेलबर्न स्टार्स पराजित भएको छ। शुक्रबार भएको खेलमा सिड्नी सिक्सर्ससँग ४३ रनले पराजित हुँदै मेलबर्नले सिधै फाईनलमा पुग्ने मौका गुमाएको हो। मेलबर्नले अब फाईनलमा पुग्न च्यालेञ्जर खेल्नुपर्ने हुन्छ।

एमसीजीमा भएको खेलमा सिड्नीले दिएको १४३ रनको लक्ष्य पछ्याएको मेलबर्न ९९ रनमा समेटियो। मेलबर्नका क्लींट हिन्चलिफले २५ तथा ग्लेन म्याक्सवेल र नीक म्याडिनसन्ले १६–१६ रन बनाए। सिड्नीका सिन एबटले ३ तथा जोस हेजलवुड र स्टीभ किफले २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो। सिड्नीका जोस फिलिपले ३४ तथा जोर्डन सिल्कले २५ रन बनाए। मेलबर्नका एडम जाम्पाले ३ विकेट लिए।

नेपालमा अर्को हप्ता शुरु हुन गइरहेको ओमान र अमेरिका सम्मिलित आईसिसि क्रिकेट बिश्वकप लिग टुका लागि सन्दिप बिग ब्यास छोडेर देश फर्किएका छन् । मेलबर्नको टिममा आफ्नो स्थान बनाइसकेका सन्दिपले १३ खेलबाट १५ विकेट लिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *