अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने
काठमाडौं । उपत्यका नगरपालिका फोरम काठमाडौंले ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आगामि वर्ष २०७७ असोज २१ देखि २४ गते सम्म ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए ।
मेयर शाक्यले सम्मेलनमा विभिन्न देशका नगरपालिका प्रमुखहरुको सहभागिता रहने समेत बताए । उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ को लक्ष्य प्राप्त गर्न सम्मेलनले सहयोग पु¥याउने समेत बताए । मेयर शाक्यले ‘ऐतिहासिक शहर/नगरहरुको दिगो रुपान्तरण’ मूलमन्त्र सहित आयोजना गर्न लागिएको सम्मेलनले विभिन्न देशका नगरपालिकाहरुबीच सम्बन्ध स्थापना गर्ने, आर्थिक विकासका अनुभवहरुको आदानप्रदान गर्ने, पर्यावरणीय मुद्दाबारे समान धारणा बनाउने, समाजिक सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यताहरु पहिल्याउने र आपसी सम्मान र विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको बताए ।
मेयर शाक्यले सम्मेलनमा मेयर तथा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने र गहन विचारविमर्श गराइने बताए । उनले सम्मेलनको अवधिमा विदेशी मेयरहरुलाई विश्व सम्पदा सूची तथा अन्य पर्यटकीय स्थलहरुको अवलोकन गराइने समेत बताए। त्यस्तै पत्रकार सम्मेलनमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’को वेबसाइट www.imc-2020.org.np सार्वजनिक गरिएको छ ।
Facebook Comment