रोनाल्डोको उमेर ३४ वर्ष, शरीरको उमेर २३ वर्ष, दिनमा ६ पटक खान्छन्, ५ पटक सुत्छन्

डिसी नेपाल
१८ माघ २०७६ ९:५२

काठमाडौं। इटलीको क्लव युभेन्टसका लागि खेल्ने पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा २० करोड फलोअर कमाएका छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी विश्वकै एकमात्र व्यक्ति हुन् । उनी जति ठूला फुटबल खेलाडी मानिन्छन् उत्तिकै उनको फिटनेस छ । उनको उमेर ३४ वर्ष भयो तर फिटनेसका कारण उनको शरीरको बायोलोजिकल उमेर भने २३ वर्षका युवाको बराबर छ ।

रोनाल्डो आमा मानिसहरुजस्तो लगातार ८ घण्टा सुत्दैनन् । उनी दिन भरमा ९०–९० मिनेटको दरले पाँच पटक सुत्छन् । उनी आमाको गर्भमा हुर्किरहेको भ्रुणको पोजिसनमा सुत्छन् । विशेषज्ञका अनुसार यसले दिमाग फ्रेश रहन्छ र एकाग्रता बढ्छ । रोनाल्डो दिनभरमा ६ पटक खान्छन् । उनी लन्च २ पटक र डिनर २ पटक खान्छन् । उनको खानामा फल, सलाद, तरकारी, मोटो अन्न, अण्डा र चिकेन हुन्छ । यस्तो प्रोटिनसहितको डाइटमा ओमेगा–३ र फ्याटी एसिड हुन्छ । यसले एन्टि एजिङको काम गर्छ ।

उनी हरेक म्याचपछि ३० मिनेट पौडी खेल्छन् । उनी मानसिक स्वास्थ्यमा पनि ध्यान दिन्छन् । उनी परिवार र साथीहरुसँग बस्न मन पराउँछन् । जिममा कार्डियो एक्सरसाइज जस्तै दौडिने, रोइङ र वेट लिफ्टिङमा बढी समय दिन्छन् । रोनाल्डो विशेष च्याम्बरमा क्रायोथेरापी लिन्छन् । च्याम्बरको तापक्रा माइनस १३० डिग्रीसम्म झारिन्छ । यसमा रोनाल्डो ३ मिनेटसम्म बस्छन् । यसबाट मांशपेशीका चोटहरु छिटो निको हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *