ला लिगामा शीर्षको रियल मड्रिड एथ्लेटिकोसँग भिड्दै

डिसी नेपाल
१८ माघ २०७६ १३:२९

काठमाडौं। स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड एटलेटिको मड्रिड विरुद्ध भिड्दैछ । शनिबार ८ः४५ बजे हुने खेलमा रियलले जिते अंक तालिकामा बार्सिलोनालाई ६ अंकले पछाडि पार्नेछ ।

अघिल्लो खेलमा बार्सिलोना भ्यालेन्सिया सँग २–० ले पराजित भए पछि रियलले अग्रता लिएको छ । रियलले भने भाल्लाडोरिडलाई हराउँदै प्रष्ट तीन अंक जोडेको थियो । समान २१ खेलबाट रियलले ४६ अंक जोडेको छ भने बार्सिलोनाले ४३ अंक मात्रै जोडेको छ ।

बार्सिलोना भने सोमबार लेभान्टेसँग खेल्नेछ । ला लिगामा शनिबार नै थप दुई खेल पनि हुनेछ । नेपाली समयअनुसार, ५ः४५ बजे ग्रानाडा विरुद्ध स्पान्योल भिड्नेछ भने ११ः१५ बजे मालोर्का विरुद्ध बाल्लाडोरिड भिड्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *