प्रिमियर लिगमा आज आठ खेल, यस्तो छ तालिका

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार, ६ः१५ बजे लेस्टर सिटी र चेल्सी बीच हुँदैछ ।
सीटी ४३ अंक सहित तेस्रो स्थानमा छ भने चेल्सी ४० अंक सहित चौथौं स्थानमा छ । बाँकी ५ खेल ८ः४५ बजे शुरु हुँदैछ भने एक ११ः१५ बजे हुनेछ ।
लिडलिडर लिभरपुल साउथ हाम्पटन सँग पौने नौ बजे खेल्नेछ । लिभरपुलले २४ खेलबाट ७० अंक सहित शीर्ष स्थानमा छ ।
लिभरपुललाई पछ्यारहेको म्यानचेस्टर सिटी ५१ अंक जोड्दै १९ अंकको फराकिलोमा छोडिएको छ ।
पौने नौ बजे न्यूकास्टल र नर्विच सिटी, क्रिस्टल प्यालेस र शेफर्ड युनाइटेड, वेस्टहाम र ब्रिङटोन भिडदैछ । सोही समयमा बार्नेमाउथ र एस्टन भिल्ला बीच प्रतिश्पर्धा हुनेछ । आजको अन्तिम खेल भने म्यानचेस्टर युनाइटेड र वुल्भ्स् बीच हुनेछ ।
प्रतिक्रिया
Facebook Comment