सन्जोगको ह्याट्रिक, थ्री स्टारको फराकिलो जित

डिसी नेपाल
१८ माघ २०७६ १६:०४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ ।

त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राले एक गोल गरे । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गर्‍यो ।

भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा सन्जोगले व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टार ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७१ औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पुरा गरे ।

यससँगै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै सन्जोग बिस २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलमा सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ। पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *