न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजबाट हार्दिक बाहिरिए

डिसी नेपाल
१८ माघ २०७६ १६:५८

एजेन्सी । भारतका हार्दिक पाण्ड्याले न्युजिल्याण्डविरुद्धको टेष्ट खेल गुमाउने भएका छन् । पाण्ड्याले चोटका कारण दुई टेष्ट खेलको सिरिज गुमाउने भएका हुन् ।

न्युजिल्याण्ड भ्रमणमा रहेको भारत अहिले टी–ट्वान्टी सिरिजमा ब्यस्त रहेको छ । ५ खेलको टी–ट्वान्टीमा भारतले ४–० को अग्रतासहित सिरिज कब्जा गरिसकेको छ । टी–ट्वान्टीपछि भारतले न्युजिल्याण्डसँग एकदिवसीय अन्तराष्ट्रिय र टेष्ट सिरिज खेल्ने छ ।

अलराउण्डर पाण्ड्या टेष्टमा उपलब्ध नहुने भएपछि भारतलाई ठुलो झट्का लागेको छ । लामो समय देखि ढाडको समस्याका कारण पाण्ड्या क्रिकेट बाहिर रहँदै आएका छन् । सन् २०१९ को सेप्टेम्बर देखि पाण्ड्या क्रिकेट टिम बाहिर रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *