चेल्सीको बराबरी

डिसी नेपाल
१८ माघ २०७६ २०:१७

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले लेष्टर सिटीसँग बराबरी खेल्दै अंक बाडेको छ । शनिबार भएको खेलमा चेल्सीले लेष्टरसँग २–२ गोलको बराबरी खेलेको हो ।

लेष्टरको मैदानमा खेलको ४६ औं मिनेटमा एन्टोनियो रुडीगरको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । खेलको ५४ औं मिनेटमा हार्भी बर्नेसको गोलबर लेष्टर खेलमा फर्कियो ।

खेलको ६४ औं मिनेटमा बेन चीलवेलले गोल गर्दै लेष्टरलाई २–१ को अग्रता दिलाए । तर, खेलको ७१ औं मिनेटमा रुडीगरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सी २५ खेलमा ४१ अंक जोडेको छ । चेल्सी चौंथो स्थानमा रहेको छ । लेष्टर ४९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *